Below Menu
Below Menu

नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य

नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न विभिन्न निकायबीच सहकार्य

काठमाडौं : विश्व हिन्दू महासंघले नेपाल-भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघबिच सहकार्य गर्ने निर्णय गरेको छ । 

आइतबार पत्रकार सम्मेलनमार्फत विश्व हिन्दू महासंघको हालै भारतको उत्तर प्रदेशको गोरखपुरमा आयोजना भएको हिन्दू सम्मेलन र महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकका निर्णयहरु सार्वजानिक गर्दै धार्मिक तिर्थस्थलको प्रचारप्रसार र धार्मिक पर्यटक तिर्थालुहरुको प्रवर्धन गर्न नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघ बिच सहकार्य गर्ने निर्णय भएको संघले जानकारी गराएको हो । 

हिन्दू सम्मेलन र महासंघको अन्तर्राष्ट्रिय समितिको बैठकका निर्णयहरु यस्ता छन् 

१. नेपालको हिन्दू अधिराज्यको पहिचानलाई पुनः कायम गर्नका लागि विश्व हिन्दु महासंघ नेपालले गरेको प्रस्तावमा भारत च्याप्टरले समर्थन जनाएको छ । नेपाल राष्ट्रिय समितिका निमित्त सभापति अरुण कुमार पाण्डेले प्रस्ताव पढेर पेस गरिएको थियो । भारत च्याप्टरका महामन्त्री योगी बचन सिंह जीले उक्त प्रस्ताव माथी समर्थन जनाउँदै अन्य मुलुकहरुलाई पनि नेपाललाई हिन्दु अधिराज्य बनाउने विषयमा लिखितरुपमा समर्थन जनाउन अनुरोध गरे । नेपाल, थाइल्यान्ड, अस्ट्रेलिया लगायतका देशहरुले राष्ट्रियस्तरका साथ साथै एजेन्डामा समर्थन गर्दै संसारभरका सबै हिन्दु अधिराज्यको पहिचानलाई कायम राख्न संसार भरिका वैदिक सनातनीहरु एकजुट हुने र अन्तर्राष्ट्रिय स्तरमा जनमत, मन, धन एवम् तन, वचन र कर्मले सहयोग गर्ने निर्णय भयो ।

२. नेपाल–भारतको धार्मिक पर्यटनको अभिवृद्धि गर्ने विषयमा नेपाल पर्यटन बोर्ड, नेपाल ट्राभल्स अपरेटर्स विश्व हिन्दु महासंघ बिच सहकार्य गर्ने निर्णय भयो । धार्मिक तिर्थस्थलको प्रचारप्रसार र धार्मिक पर्यटक तिर्थालुहरुको प्रवर्धन एवम् सम्बर्धन गर्न सके मात्र सनातन संस्कृतीको संरक्षण हुने विषयमा सहभागी देशहरुको एकमत रह्यो र सहजीकरण गर्नका लागि महासंघका उत्तर प्रदेशका अध्यक्ष सिद्धार्थ खड्काले समन्वय गर्नु हुनेछ ।

३. हिन्दु संघ संस्थाहरुलाई सख्त र सक्षम बनाउनका लागि एक सहयोग हिन्दु बास्केट फण्ड खडा गर्ने निर्णय भयो । बास्केट फण्ड खडा गर्न विश्व हिन्दु भारत च्याप्टरको अध्यक्षतामा भारतको राजधानी दिल्लीमा निकट भविष्यमा नै हिन्दु इकोनोमिक समिट को आयोजना गर्ने निर्णय गरियो ।

उक्त बैठकमा नेपाल, भारत, थाइल्यान्ड, बेलायत एवं अस्ट्रेलिया लगायतका देशहरुको उपस्थिति रहेको थियो भने नेपाल पर्यटन बोर्ड, नाटोको सहभागिता रहेको थियो । विश्व हिन्दु महासंघ भारत उत्तर प्रदेशको आयोजनामा सम्पन्न उक्त बैठक एवं हिन्दु सम्मेलनका प्रमुख अतिथि महामहिम गोरक्षपिठाधिश्वर एवम् उत्तर प्रदेशका माननीय मुख्य मन्त्री महामहिम योगी आदित्यनाथज्यूको मुख्य आतिथ्यतामा सम्पन्न भएको थियो ।

बैठकले भारत एवं नेपालका विभिन्न धार्मिक, साँस्कृतिक, सामाजिक स्थलहरुको एक अर्कामा समन्वय, सहकार्य एवम् जानकारी आदानप्रदान गर्ने र गराउने निर्णय गरेको छ । साथै विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय सम्मेलन प्रत्येक वर्ष आयोजना गर्ने निर्णय भएको छ । उक्त सम्मेलनको आयोजनाको लागि महासंघको अन्तर्राष्ट्रिय अध्यक्ष डा. भानु प्रताप शुक्ल जीको संयोजकत्वमा गुरुत्वपूर्ण एवम् विशेष कार्यक्रमका साथ गर्ने निर्णय भएको छ । 

नेपाल–भारतको बीचमा सदियौँ देखि रहँदै आएको आर्थिक, साँस्कृतिक, धार्मिक, सामाजिक सम्बन्धलाई अझै सुमधुर र सशक्त बनाउनका लागि दुवै देशका सरकारले पहल गर्नका लागि पनि अनुरोध गर्ने निर्णय भयो । साथै विश्व हिन्दु महासंघलाई भारतको उत्तर प्रदेशको आयोजनामा सम्पन्न उक्त बैठक एवं हिन्दु सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार व्यक्त गरिएको छ । 

Advertisment

थप समाचार