Below Menu
Below Menu

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा बृहत सामाजिक कार्यक्रम

गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा बृहत सामाजिक कार्यक्रम

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्देही र बाँकेमा सञ्चालन भएको थियो, जसबाट कुल ६०२ युनिट रगत संकलन भएको बैंकले जनाएको छ ।

यसै अवसरमा देशभरका विद्यालयमा शैक्षिक सामग्री, पोशाक, पानी फिल्टर मेसिन वितरण गरिएको थियो । साथै स्वास्थ्य चौकी र वृद्धाश्रममा सरसफाइ र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

शनिबार बैंकले 'स्वस्थ जीवनशैलीका लागि खेलकुद' नाराका साथ गरिमा रोड रेड प्रतियोगिताको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो, जसमा हजार भन्दा बढी धावकको सहभागिता थियो ।

बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई प्राथमिकतामा राखी वार्षिक रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

Advertisment

थप समाचार