काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पाँच रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयका अनुसार उक्त ट्रेजरी बिल पुस ८ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर ८ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि कात्तिक ३० गते चार अर्ब ९८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment