सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव, आज कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव, आज कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ११५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १३५ रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार