काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ११५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment