बोनस शेयरको लाभांश कर अब कम्पनी आफैले तिर्नुपर्ने

बोनस शेयरको लाभांश कर अब कम्पनी आफैले तिर्नुपर्ने

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (दशौं संशोधन) निर्देशिका, २०८२ मार्फत धितोपत्र दर्ता गरेका संगठित संस्थाहरूले शेयरधनीलाई वितरण गर्ने बोनस शेयरमा लाग्ने लाभांश करसम्बन्धी व्यवस्थामा नयाँ नियम ल्याएको छ ।

Sponsored Advertisement

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४० मा उपदफा (७) थप गरी बोनस शेयरको लाभांश कर अब कम्पनी आफैंले तिर्नुपर्ने व्यवस्था गरेको हो । 

निर्देशिकाको उपदफा ७ बमोजिम बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले शेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ । 

यसअघि संगठित संस्थाले बोनस शेयर घोषणा गर्दा शेयरधनीले आफ्नो बोनस शेयर प्राप्त गर्नका लागि लाग्ने कर आफैंले तिर्नुपर्ने वा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने उल्लेख थियो । 

अब उप्रान्त धितोपत्र बोर्डमा दर्ता भएका सबै संगठित संस्थाहरूले आफ्ना शेयरधनीहरूलाई बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संस्थाले नै लाभांश रकमबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

उक्त व्यवस्थाले कर कट्टीको काम कम्पनी आफैंले गर्ने हुँदा बोनस शेयर प्राप्त गर्ने लगानीकर्तालाई लाभांश कर तिर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने देखिएको छ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरेको हो । यो संशोधनले पूँजीबजारको लाभांश वितरण प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउने देखिन्छ । 

थप समाचार