काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ । सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो ।
मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन् ।
यस्तो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रणालीमा सहभागी हुन पाउनेछन् ।
Advertisment