काठमाडौं : ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।
Advertisment