Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के-के छन् विशेषता ? 

राष्ट्र बैंकद्वारा आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के-के छन् विशेषता ? 

काठमाडौं  : नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।

नोटको मध्यभागमा एक ंिसंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले अशोक स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने खालको कालो थोप्ला पनि थपिएको छ । त्यस्तै, बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रण गरिएको छ ।

पुरानै रङ र आकारमा जारी गरिएको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखसहित सरकारी ग्यारेन्टी उल्लेख गरिएको जनाइएको छ ।

सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर समावेश छ ।
 

Advertisment

थप समाचार