Below Menu
Below Menu

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाटको मिथिला सोलार परियोजनामा लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाटको मिथिला सोलार परियोजनामा लगानी गर्ने

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) ले जनकपुर, मधेश प्रदेशमा रहेको १० मेगावाटको मिथिला सोलार परियोजनामा रणनीतिक लगानी गर्ने सम्झौता गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित फन्डले यो लगानी गरेर नेपालको वैकल्पिक ऊर्जा स्रोतको उपयोग बढाउने, आयातित इन्धनमा निर्भरता घटाउने र दिगो ऊर्जा भविष्यको लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

मिथिला सोलार परियोजना अन–ग्रिड प्रणालीमा आधारित १० मेगावाटको सौर्य ऊर्जा उत्पादन क्षमतासहितको परियोजना हो । परियोजनाका प्रवद्र्धक ऊर्जा डेभलपर्सले सन् २०३० सम्ममा १ गिगावाट कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन् ।

यस परियोजनामा एनआइफको लगानीसँगै फन्ड नेपालमा सौर्य ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एकको रूपमा स्थापित भएको छ । यसअघि फन्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जी.आई सोलार, ५ मेगावाटको सोलार फार्म, ५० मेगावाट लुम्बिनी र ४० मेगावाट बुद्धभूमि सोलार परियोजनामा लगानी गरेको छ ।

एनआइएफका अध्यक्ष डा. मनिष थापाले भने, ‘मिथिला सोलार परियोजनामा हाम्रो रणनीतिक लगानी नेपालको दिगो पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खान्छ। सौर्य ऊर्जा जलविद्युत् क्षेत्रको पूरकको रूपमा महत्त्वपूर्ण छ, विशेष गरी मौसमी भिन्नता र सुक्खा मौसममा घट्दो उत्पादनको चुनौतीहरूलाई सम्बोधन गर्न ।’ 

ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले भने,‘ग्लोबल इक्विटी फन्डसँग दीर्घकालीन साझेदारी गर्न पाउँदा हामी खुसी छौ। मिथिला सोलार परियोजनाले हाम्रो ऊर्जा स्रोत विविधीकरण गर्न सहयोग पुर्याउनेछ र १ गिगावाटको राष्ट्रिय विकास लक्ष्यमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ 

यस लगानीसँगै नेपालले सौर्य ऊर्जामा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय ऊर्जा सन्तुलन सुधार्ने र नवीकरणीय ऊर्जा क्षेत्रलाई दिगो रूपमा प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम उठाएको छ ।
 

Advertisment

थप समाचार