काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब बढी रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, १५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल फागुन १९ गते, १८२ दिने ट्रेजरी २०८३ जेड १९ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ मंसिर १५ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १५ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि मंसिर ७ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment