लाभांश वितरण र मर्जर प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा 

लाभांश वितरण र मर्जर प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गते, सोमबार, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान १०ः३० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनर शेयर र सोको कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

थप समाचार