Below Menu
Below Menu

एफपीओ निष्कासन गर्न विजय लघुवित्तले पायो बोर्डको अनुमति 

एफपीओ निष्कासन गर्न विजय लघुवित्तले पायो बोर्डको अनुमति 

काठमाडौं : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक शेयर (एफपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १४ गते कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा एफपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले चार करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबराको चार लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


 

Advertisment

थप समाचार