Below Menu
Below Menu

राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जाको ब्याजदर थप सस्तो हुने 

राष्ट्र बैंकले घटायो नीतिगत दर, कर्जाको ब्याजदर थप सस्तो हुने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। सोमबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त समीक्षालाई अनुमोदन गर्दै नीतिगत दरहरूमा महत्त्वपूर्ण हेरफेर गरेको हो।

राष्ट्र बैंकले समग्र वित्तीय बजारलाई चलायमान बनाउने उद्देश्यका साथ नीतिगत दर ०.२५ प्रतिशत आधार विन्दुले घटाएको छ। यसअघि ४.५० प्रतिशत रहेको नीतिगत दरलाई अब ४.२५ प्रतिशत कायम गरिएको छ।

यससँगै, मौद्रिक नीतिको समिक्षामार्फत माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा (एलएलएफ) दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । 

नीतिगत दर घट्दा बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट लिने कर्जाको लागत पनि घट्नेछ । जसले गर्दा वाणिज्य बैंकहरूले अब आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कर्जाको ब्याजदरलाई थप सस्तो बनाउन सक्ने बाटो खुलेको छ।

बजारमा तरलता सहज हुँदै गएको र आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न राष्ट्र बैंकले उक्त नीति लिएको हो । ब्याजदर घट्दा कर्जाको माग बढ्ने र लगानीको वातावरणमा सुधार आउने सक्ने देखिएको छ । 

Advertisment

थप समाचार