Below Menu
Below Menu

सरकारी वित्त र तरलता: नगद प्रवाह २१ अर्बले बढ्यो, राष्ट्र बैंकको रिजर्भमा सवा एक खर्बको वृद्धि !

सरकारी वित्त र तरलता: नगद प्रवाह २१ अर्बले बढ्यो, राष्ट्र बैंकको रिजर्भमा सवा एक खर्बको वृद्धि !

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा बजारमा साढे २१ अर्ब रुपैयाँ भन्दा बढीले नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा बजारमा सात खर्ब ७१ अर्ब ८६ करोड ५१ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

उक्त रकम गत असार मसान्तको तुलनामा २.८९ प्रतिशत अर्थात २१ अर्ब ७५ करोड २७ लाख रुपैयाँले बढेको हो । गत असारसम्ममा बजारमा यस्तो नगद प्रवाह सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात एक खर्ब ६५ अर्ब ९० करोड रुपैयाँले बढेको छ । गत असारमा छ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ रहेको सरकारी खातामा मौज्दात बढेर आठ खर्ब १९ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । 

यस अवधिमा सरकारी ढुकुटीमा साढे एक खर्ब अर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल एक खर्ब ६४ अर्ब ३९ करोड १८ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

२०८२ असारसम्म यस्तो निक्षेप जम्मा ७० अर्ब ८३ करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो । उक्त यस अवधिमा आइपुग्दा ९३ अर्ब ५५ करोड ४७ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात ४२ अर्ब रुपैयाँ रहेको छ । कात्तिक मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा सात खर्ब ८६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत असारसम्म रिजर्भमा छ खर्ब ७१ अर्ब २ करोड ६३ लाख रुपैयाँ थियो । 

आईएमएफसँग सम्बन्धित दायित्व ४२ अर्ब १० करोड ७८ लाख रुपैयाँ रहेको छ । हालसम्म राष्ट्र बैंकको दायित्व ३० खर्ब २९ अर्ब ७० करोड १९ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म यस्तो दायित्व २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो । 

Advertisment

थप समाचार