Below Menu
Below Menu

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न कामना सेवा विकास बैंकलाई बोर्डको स्वीकृति

अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न कामना सेवा विकास बैंकलाई बोर्डको स्वीकृति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (मंसिर १५ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो । 

बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल ३५ लाख कित्ता शेयर निष्कासन गर्न बैंकलाई अनुमति दिएको हो । उक्त शेयरको लाभांश दर ९ प्रतिशत रहेको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटड रहेको छ । 

Advertisment

थप समाचार