Below Menu
Below Menu

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

जोखिम सचेतनाले बढायो निर्जीवन बीमा व्यवसायको रफ्तार, चार महिनामै १५.८४ अर्बको व्यापार !

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा निरन्तर वृद्धि देखिएको छ । एक वर्षयता प्राकृतिक विपत्ति र आन्दोलनका कारण ठूलो मात्रामा अतिरिक्त दाबी भुक्तानीको सामना गरेका बीमा कम्पनीहरुको व्यवसाय पुनः लयमा फर्किएको हो ।

विपत्ति र आन्दोलनका घटनाले एकातिर कम्पनीहरुको ठूलो दाबी भुक्तानीको भार थोपरे पनि अर्कोतिर जोखिमको सचेतना बढ्दा बीमाको आवश्यकता महसुस गरी सम्पत्ति र मोटर बीमातर्फ आकर्षित भएको पनि तथ्यांकले स्पष्ट पारेको छ ।

नेपाल प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले  मसान्तसम्म कम्पनीहरुले साढे १५ रुपैयाँ भन्दामाथिको बीमा व्यवसाय गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले नौ लाख तीन हजार ९८ बीमालेख बिक्री गरी १५ अर्ब ८४ करोड ८२ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 
कात्तिकमा मात्रै बीमा कम्पनीहरुले दुई लाख १४ हजार ११७ बीमालेख जारी गरी तीन अर्ब १९ बरोड १७ लाख ९४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

अर्ब क्लबमा आठ कम्पनी 

यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ८४ हजार १३ बीमालेख जारी गरी एक खर्ब ७८ करोड ३६ लाख २५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म शिखर इन्स्योरेन्सले एक खर्ब ७३ करोड ८६ लाख ८० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब २६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

कात्तिक मसान्तसम्म हिमालयन एभरेष्टले एक अर्ब ६० करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (सलिको) ले एक अर्ब ५४ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेको इन्स्योरेन्सले एक अर्ब १४ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने आईजीआई प्रुडेन्सियलले एक अर्ब २७ करोड ३६ लाख ११ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

कात्तिक मसान्तसम्म सानिमा जिआईसी इन्स्योरेन्सले एक अर्ब दुई करोड तीन लाख ८८ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दा युनाइटेड अजोडले एक अर्ब सात करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

अन्य कम्पनीको व्यापार 

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ५९ हजार ४४ बीमालेख बिक्री गरी ८६ करोड ६२ लाख ४२ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ४० लाख ५८हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४३ करोड ७० लाख ८८ हजार, नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने प्रभु इन्स्योरेन्सले ६५ करोड ७१ लाख १९ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

लघुबीमाको व्यापार साढे ३६ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे ३६ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक लाख २८ हजार ८७५ बीमालेख जारी गरी ३६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले नौ करोड ६७ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले नौ करोड ६९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले सात करोड ८५ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले नौ करोड ४३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।


 

Advertisment

थप समाचार