Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ५३५ रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार