काठमडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक र ग्रिन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माछापुच्छ्रे बैंकको ४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनसर शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनसपछिको ४६ लाख ४८ हजार ५४३ कित्ता शेयर सूचीकृत भएको छ भने ग्रिन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनसपछिको तीन लाख ९ हजार ७६५ कित्ता शेयर सूचीकृत भएको छ ।
उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment