सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ११० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ५४५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार