Below Menu
Below Menu

सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कृषि कर्जाका लागि सस्तो, बचतमा कति तोकियो ?

सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिकः कृषि कर्जाका लागि सस्तो, बचतमा कति तोकियो ?

ललितपुर : राष्ट्रिय सहकारी बैंकले आजदेखि (मंसिर १७) लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरी सार्वजनिक गरेको छ ।

बैंकले बचततर्फ न्यूनतम ०.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । जसमा साधारण र विशेष बचतमा ०.५० प्रतिशत ब्याजदर तोकिएको छ ।

यस्तै, सुपर बचत, एनसिबिएल समुन्नत बचत र एनसिबिएल प्रिमियम बचत खातामा ०.७५ प्रतिशत ब्याजदर तोकिएको छ । 

नयाँ ब्याजदर अनुसार अनिवार्य नियमित बचतमा ३.२५ प्रतिशत र क्रमिक बचतमा ३ प्रतिशतदेखि ३.२० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ ।  यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

त्यसैगरी बैंकले कर्जातर्फ न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । 

यता कर्जा तर्फ सहकारी बैंकले न्युनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । सहकारी बैंकले कृषि तथा कृषि परियोजना कर्जा (आवधिक÷चालुपूँजी)मा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

व्यवसायिक आवधिक कर्जाको लागि ६.८५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, व्यावसायिक कर्जा (चालुपूँजी) ७.५० प्रतिशत, इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । 

सहकारी बैंकले लघु तथा गरिबी निवारण कर्जामा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, साना तथा मझौला कर्जा ६.५० प्रतिशत र हायर पर्चेज कर्जा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

नयाँ ब्याजदर अनुसार पर्यटन प्रवद्र्धन कर्जामा ६.७५ प्रतिशतदेखि ६.९९ प्रतिशतसम्म, तरलता व्यवस्थापन कर्जा ६.९९ प्रतिशत, महिला सशक्तीकरण कर्जा ४.९९ प्रतिशत र  एनसिबिएल सहज कर्जा ६ प्रतिशत ब्याजदर तोकिएको छ ।

यसैगरी उज्यालो नेपाल कर्जा ६.९९ प्रतिशत, दिगो सबल सहकारी कर्जामा ७.७५ प्रतिशत, सदस्य सम्बन्धी कर्जामा ४.९९ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत तोकिएको छ ।

बैंकका अनुसार इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५० प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुने गरी प्रदान गरिने छैन ।

Advertisment

थप समाचार