काठमाडौं : मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
नयाँ बोनसदर अनुसार शिक्षा संरक्षण बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यस्तै, सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीका अनुसार अग्रिम भुक्तानी–३पीपीपी योजनामा प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र अग्रिम भुक्तानी–एमटीजी योजनामा प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
नयाँ बोनसदर अनुसार माइ चाइल्ड एजुकेशन प्रोटेक्सन प्लान योजनामा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ कायम गरिएको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment