प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ कति ? 

प्रतितोला नौ सय रुपैयाँले घट्यो सुन, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६२५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार