काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे १८ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ५० कराेड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने, आठ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल फागुन २६ गते, १८२ दिने ट्रेजरी २०८३ जेठ २६ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ मंसिर २२ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर २२ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि मंसिर १४ गते २६ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment