सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ५८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६०५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार