काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भोली अर्थात मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लाभांश पारित गर्न बैंकले पुस ७ गते, सोमबार २१ औं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा अमृतभोग क्याटरर्स, कालिकास्थान, काठमाडौँमा बिहान १०ः३० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुत्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment