काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा अप्पर स्याङ्गे हाइड्रोपावर स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको होे । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५.१६ प्रतिशतले घटेको छ ।
Advertisment