काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ५८५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment