Below Menu
Below Menu

अन्डाको भाउ फेरि बढ्यो, आजदेखि नयाँ दर लागू

अन्डाको भाउ फेरि बढ्यो, आजदेखि नयाँ दर लागू

काठमाडौं : नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको भाउ बढाएको छ । संघले आजदेखि (मंगलबार) लागुहुने गरी सोमबार नयाँ मूल्यसूची सावर्जनिक गरेको छ ।

संघको आज बसेको कार्यसमिति बैठकको निर्णयले अण्डा उत्पादन र बजार अवस्थाको समिक्षा गर्दै मूल्य बढाएको हो ।

संघले हरेक क्रेटमा २० रुपैयाँको दरले अण्डाको मूल्य वृद्धि गरेको जनाएको छ । नयाँ मूल्यअनुसार सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५८० रुपैयाँ पुगेको तोकिएको छ । त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँ र मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको छ ।

यसअघि १३ मंसिरमा संघले सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अन्डा ५४५ रुपैयाँ र मध्यम अन्डा ५३० रुपैयाँ निर्धारण गरेको थियो । पहिलो पटक मूल्य बढाएको १० दिन भित्रै संघले दोस्रो पटक अण्डाको मूल्य बढाएको हो ।
 

Advertisment

थप समाचार