Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर) मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र सावधिक  जीवन बीमा (एकल) योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै त्रिपल सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म र सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर रहेको छ । 

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९ रुपैयाँदेखि २१ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कमा सम्पूर्ण अवधिका लागि न्युनतम २४ रुपैयाँ र मुद्दति सुरक्षण बीमा योजना–एकल शुल्कमा न्युनतम ५४ रुपैयाँ बोनसदर रहेको छ । 

नयाँ बोनसदर अनुसार १५ वर्षे भुक्तानी योजनामा सम्पूर्ण अवधिका लागि न्युनतम ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनामा ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँ र सामुहिक सावधिक योजनामा २० रुपैयाँ बोनसदर कायम भएको छ । 

कम्पनीले सावधिक तथा आजिवन योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँसम्म, सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दिने भएको छ । 

कम्पनीले सिमित भुक्तानी सावधिक योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ६५ रुपैयाँसम्म र बाल सावधिक योजनामा न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म र बाल सावधिकं अर्को बीमा योजनामा २० रुपैयाँदेखि ३४ रुपैयाँसम्म बोनस दिने भएको छ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार