Below Menu
Below Menu

जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 

जेनजी आन्दोलनको क्षति: बीमा कम्पनीबाट ४.३८ करोड भुक्तानी, पुनर्बीमाबाट २.५६ अर्ब अग्रिम सहयोग 

काठमाडौं : हालै भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानी प्रक्रियालाई बीमा कम्पनीहरूले तीव्रता दिएका छन्। 

बीमा प्राधिकरणमा १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, आन्दोलनले निम्त्याएको क्षतिबापत बीमितहरूलाई हालसम्म करिब चार अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम भुक्तानी भइसकेको छ।

आन्दोलनको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कूल ३,३०० वटा बीमा दाबी परेका थिए, जसको प्रारम्भिक अनुमानित दाबी रकम करिब २३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ।

प्राधिकरणको तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब एक करोडमध्ये करिब तीन अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिब तीन अर्ब ४८ करोडमध्ये करिव एक अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिब ५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये करिब छ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिब एक करोड ६९ लाख दाबी रकममध्ये करिब ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख दाबी रकममध्ये करिब४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । 

पुनर्बीमा कम्पनीबाट दुई अर्ब ५६ करोडको अग्रिम भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।


 

Advertisment

थप समाचार