काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment