काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मंसिर २३ गते स्वीकृत भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
नयाँ बोनस दर अनुसार न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म निर्धारण गरेको छ ।
सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेख योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटि जीवन बीमा) योजनामा न्युनतम प्रतिहजार ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर प्रदान गर्नेछ ।
नयाँ बोनसदर अनुसार सावधिक जीवन (जीवन समुन्नत) बीमालेख योजनामा न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म रुपैयाँ बोनस दर कायम गरिएको छ ।
त्यस्तै कम्पनीले सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना) विकल्प एक तथा विकल्प दुईमा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँ बोनस दर प्रदान गर्नेछ ।
सावधिक जीवन बीमालेखको सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्क योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम ६० हजार रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
सावधिक जीवन बीमालेख केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमालेख केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना एकल बीमाशुल्कमा प्रतिहजार ६० रुपैयाँदेखि ६२ रुपैयाँ बोनस दर कायम गरिएको छ ।
सावधिक तथा आजीवन (जीवन साहारा, अनमोल जीवन) बीमा योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनाको १५ र २० वर्षे अवधिको प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ ।
अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, नौलो धन वर्षा, जीवन उन्नती, छोराछोरी र सदाबहार जीवन) र अग्रिम भुक्तानी सावधिक जीवन बीमा (नौलो जीवन समृद्धि) बीमा योजनामा सबै अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ बोनस दर तोकेको छ ।
नयाँ बोनसदर अनुसार कम्पनीले अन्य (जीवन सारथी) बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।
उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
Advertisment