काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ७५० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment