Below Menu
Below Menu

कर्मचारी सुरक्षण कोषको एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

कर्मचारी सुरक्षण कोषको एक अर्ब रकम ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको झण्डै एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

कोषको उक्त रकम २०२५ डिसेम्बर १८, देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी मंसिर २८ गते राती ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार