काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ९०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८०५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment