सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा भने गिरावट 

सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा भने गिरावट 

काठमाडौं :नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई  हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ९०५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार