काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सवा ११ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गर्न गर्न लागेको हो भने छ अर्ब ३३ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल चैत ३ गते र १८२ दिने ट्रेजरी २०८३ असार ३ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर २९ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि मंसिर २१ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment