सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ६० हजार नाघ्यो 

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ६० हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ८७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८२५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार