Below Menu
Below Menu

चार महिनामा भित्रियो पौने सात खर्ब रेमिट्यान्स, एक लाख ४५ हजारले लिए श्रमस्वीकृति 

चार महिनामा भित्रियो पौने सात खर्ब रेमिट्यान्स, एक लाख ४५ हजारले लिए श्रमस्वीकृति 

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा पौने सात खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

कात्तिक मसान्तसम्म महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।

चालु आवको कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड रुपैयाँ पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार  अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर)  सात खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब ६९ अर्ब २९ करोड रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो ।
 

Advertisment

थप समाचार