Below Menu
Below Menu

सरकारको कुल खर्च साढे चार खर्ब, ढुकुटीमा कति छ नगद मौज्दात ? 

सरकारको कुल खर्च साढे चार खर्ब, ढुकुटीमा कति छ नगद मौज्दात ? 

काठमाडौं :  चालु आर्थिक वर्षको चार महिनामा सरकारको कुल खर्च साढे चार खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का चौथो महिनासम्ममा नेपाल सरकारको कुल खर्च चार खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा चालु खर्च तीन खर्ब २० अर्ब ९९ करोड, पुँजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब २२ अर्ब ५८ करोड रहेको छ । 
कात्तिकसम्ममा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) तीन खर्ब २६ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व तीन खर्ब छ अर्ब ८९ करोड र गैरकर राजस्व १९ अर्ब ६६ करोड परिचालन भएको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब दुई अर्ब ९७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३० अर्ब ७३ करोड रहेको थियो । 

यस अवधिमा प्रदेश सरकारहरूको कुल खर्च २१ अर्ब ४१ करोड र स्रोत परिचालन ६० अर्ब ३६ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१२ अर्ब ४८ करोड रहेको छ ।
 

Advertisment

थप समाचार