Below Menu
Below Menu

धनुषामा तीन करोड लागतको ‘बायो प्लास्टिक’ उद्योग सञ्चालनमा, ९० दिनमै डिकम्पोज हुने झोला उत्पादन

धनुषामा तीन करोड लागतको ‘बायो प्लास्टिक’ उद्योग सञ्चालनमा, ९० दिनमै डिकम्पोज हुने झोला उत्पादन

जनकपुर : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा–१ मा पहिलो बायो प्लास्टिक उद्योग सञ्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले सोमबार उक्त उद्योगको उद्घाटन गरेका छन् । उद्योगको मेसिनरी पार्टसमा मात्रै ३ करोड लगानि गरिएको उद्योगका सञ्चालक लक्ष्मी महासेठले जानकारी दिए ।

उनले वातावरण प्रदुषण कम गर्न यस उद्योगबाट उत्पादन हुने प्लास्टिकका झोलाले ठूलो भूमिका निर्वाह गर्ने बताए । उनले अन्य प्लास्टिकको झोलाको तुलनामा यस उद्योगबाट उत्पादन हुने झोला खुला ठाउँमा राख्दा वा प्रयोग गरेर पानी अथवा भुँईसँग सम्पर्कमा आएपछि स्वतः ९० दिनमा डिकम्पोज हुने बताए ।

उनले यस उद्योगबाट उत्पादन हुने बायो प्लास्टिकका झोला जलाउँदा तुरुन्त खरानी बन्ने भएकोले यसले वातावरणमा कुनै असर नपर्ने जानकारी दिए । उद्योगले अहिले दैनिक ८०० किलो बायो प्लास्टिकको झोला उत्पादन गर्ने क्षमतासहितको मेसिन प्रयोग गरिरहेको सञ्चालक महासेठले जानकारी दिए ।

बायो प्लास्टिक भएका कारण बजारमा पाइने प्लास्टिकको झोलाको तुलनामा केही पैसा मुल्य बढी भएपनि वातावरणमा असर नपर्ने हुनाले सबैलाई बायो प्लास्टिकको झोला प्रयोग गर्न जनकपुरधामका मेयर मनोज कुमार साहले आग्रह गरे ।

Advertisment

थप समाचार