Below Menu
Below Menu

लाभांश प्रस्ताव पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं : एनएमबि बैंक लिमिटेडले  २४ गते, बिहीबार, ३० औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ९ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। जसअनुसार पुस ८ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार