सुनको भाउ प्रतितोला सात सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड 

सुनको भाउ प्रतितोला सात सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १७० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८८५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार