Below Menu
Below Menu

नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ : नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकलै भोली अर्थात पुस ४ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र संस्थाले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लाभांश प्रस्ताव पारित गर्न पुस १८ गते ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार