Below Menu
Below Menu

आज पनि प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा रेकर्ड ब्रेक 

आज पनि प्रतितोला सात सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्यमा रेकर्ड ब्रेक 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५५ रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार