Below Menu

राष्ट्र बैंकले चार अर्ब २४ करोड बढी रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 

राष्ट्र बैंकले चार अर्ब २४ करोड बढी रकम ब्याजमा लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा चार अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको चार अर्ब २४ करोड ४६ लाख रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

Sponsored Advertisement

कोषको उक्त रकम २०२६ जनवरी १, देखि २०२७ जनवरी १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।

बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा तीन अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो । 

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस २९ गते राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।