Below Menu
Below Menu

एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८० रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार