काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ डिसेम्बर २६, देखि २०२७ डिसेम्बर २६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।
बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा छ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस ७ गते राती ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।
Advertisment