सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Sponsored Advertisement

निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको १३ प्रतिशतका दरले कुल ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ।

थप समाचार